२३ बैशाख २०८२, मंगलबार | Wed May 7 2025


थपिए ६५ जना कोरोना संक्रमित


117
Shares

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता संगिता मिश्राका अनुसार पछिल्लो २४ घण्टामा ६५ जनामा संक्रमण पुष्टि जनाउनुभयो ।

वितेको २४ घण्टामा ६ हजार ३०६ जनाको पिसिआर र १ हजार ६४१ जनाको एन्टिजेन परीक्षण गर्दा ६५ जना संक्रमित थपिएका हुन् ।

आइतबार १९२ जना कोरोना संक्रमित संक्रमणबाट मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य छ ।

हाल देशभर ४ हजार ९१७ जना सक्रिय संक्रमित छन् ।