Logo १८ चैत्र २०८२, बुधबार | Thu Apr 2 2026


युभेन्ट्सको सहज जित


117
Shares

काठमाडौं । युभेन्ट्सले इटालियन सिरी ‘ए’ फुटबलमा सहज जित निकालेको छ ।

शनिबार राति भएको खेलमा युभेन्ट्सले साम्पडोरियामाथि ३–१ को सहज जित निकालेको हो ।

खेलको २३ औं मिनेटमा माया योसिदाको आत्मघाती गोलमा युभेन्ट्सले अग्रता लिएको थियो । ३४ औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर पारे ।

८४ औं मिनेटमा साम्पडोरियाका साबिरीले गोल गर्दै खेल २–१ को स्थितिमा ल्याए । त्यसपछि ८८ औं मिनेटमा मोराटाले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्ट्सलाई ३–१ को जित दिलाए ।

जितसँगै युभेन्ट्सको २९ खेलबाट ५६ अंक पुगेको छ । युभेन्ट्स चौंथो स्थानमा रहेको छ । पराजित साम्पडोरिया २६ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।