२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


गैरआवासी नेपाली संघ(एनआरएनए)को निर्वाचन सर्यो


117
Shares

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)को निर्वाचत मिति परिवर्तन भएको छ ।

संघको निर्वाचन अधिकृतको कार्यालय, बालुवाटारले शनिबार एक सूचना प्रकाशित गर्दै निर्वाचन तीन दिन पर धकेलेको हो ।

यसअघि चैत ७ र ८ गते विद्युतिय माध्यमबाट हुने भनि तय गरिएको मतदान प्राविधिक पक्षको बहाना बनाएर चैत १० र ११ गते सार्न लागिएको हो ।

निर्वाचन समितिले जारी गरेको सूचनमा अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्षबाट लिखित निर्देशन आएको विषय पनि उल्लेख गरिएको छ ।

निर्वाचन मिति परिवर्तन भएसँगै निर्वाचन अधिकृतको कार्यालयले निवाचन कार्यतालिकासमेत संशोधन गरेको छ ।

नयाँ तेतृत्व चयनका लागि हुन लागेको संघको निर्वाचन यसअघि पनि पटक–पटक सर्दै आएको छ ।