Logo २१ माघ २०८२, बुधबार | Thu Feb 5 2026


अन्तिम अभ्यास खेलमा नेपाल श्रीलंकासँग पराजित


169
Shares

काठमाडौं । श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले अन्तिम अभ्यास खेलमा हार ब्यहोरेको छ ।

लगातार तीन खेलमा जित निकालेको नेपाली टिम श्रीलंका संयुक्त ११ सँग ९२ रनले पराजित भयो । टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंका संयुक्त ४८ ओभर दुई बलमा दुई सय ३२ रनमा अलआउटभयो । श्रीलंका संयुक्तले पहिलो विकेटका लागि ६१ रनको साझेदारी गरेको थियो ।

बलिङमा नेपालका लागि दिपेन्द्रसिंह ऐरी र सागर ढकालले तीन तीन विकेट लिए भने आरिफ शेख र सोमपाल कामी र सन्दिप लामिछानेले एक एक विकेट लिए । जवाफमा नेपाली टिम ३५ ओभर दुई बलमा एक सय ४० रनमा अलआउट भयो ।

सुरुवात देखि नै राम्रो ब्याटिङ नगरेको नेपाली टिमका आशिफ शेख मात्र पाँच रनमा आउट भए भने दिपेन्द्र सिंह ऐरीले दुई रन, कुशल भुर्तेलले ३२ रन, आरिफ शेख १३ रनमा आउट भए भने विनोद भण्डारी मात्र एक रनमा पेभेलियन फर्किए ।

यस्तै ज्ञानेन्द्र मल्ल ४६ रनमा आउट हुँदा रोहित पौडेलले २१ रन बनाए । बिक्रम सोबले खाता खोल्न नसक्दा सोमपाल कामी आठ रनमा आउट भए । नेपाली क्रिकेट टिम सोमबार श्रीलंकाबाट यूएई प्रस्थान गर्नेछ । जहाँ नेपाली टिमले यूएई, पपुवा न्युगिनीसँग आइसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत त्रिकोणात्मक सिरिज खेल्नेछ ।

सो सिरिजको पहिलो खेलमा नेपालले मार्च १६ तारिखमा पीएनजीसँग खेल्ने छ ।