२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025


महिलाले आफ्नो जिम्मेवारी पूरा गर्न सक्छन् भन्ने प्रमाणित भएको छ : मन्त्री अर्याल


0
Shares

काठमाडौं, फागुन २५ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले आर्थिक रुपले महिलालाई सवल बनाउनुपर्ने अहिलेको आवश्कता रहेको बताएकी छन् ।

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री अर्यालले नारीलाई आर्थिक रुपमा सवल बनाउन सरकारले उनीहरुलाई उत्साह प्रदान गर्नुपर्नेमा जोड दिइन् ।

उनले राज्यको महत्वपूर्ण पद सम्भाल्दै महिलाले कुशलतापूर्वक आफ्नो जिम्मेवारी पूरा गर्न सक्छन् भन्ने प्रमाणित भइसकेको बताइन् ।

मन्त्री आर्यालले संविधानले समानताको ढोका खोलिसकेको भन्दै अब व्यवहारिक रुपमै सामाजिक, आर्थिक र सांस्कृतीक दृष्टिले महिलाको अधिकार स्थापित गर्न सबैको साथ र सहयोग आवश्यक रहेकोमा जोड दिइन् ।