२५ बैशाख २०८२, बिहिबार | Fri May 9 2025


पूर्व पञ्चहरुको पार्टी राप्रपा फेरि एकीकृत, नीति राजसंस्थासहितको प्रजातन्त्र हुने


0
Shares

शंकर खनाल ।

काठमाडौं, फागुन २४ । पूर्व पञ्चहरुको पार्टी भनेर आरोपित राष्ट्रिय प्रजातन्त्र पार्टीका घटकहरुबीच फेरि एकीकरण भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तबीच आज शनिबार एकता भएको हो । उनीहरुको नीति राजसंस्थासहितको प्रजातन्त्र हुने उल्लेख गरेका छन् । जबकी राणा नेतृत्वको राप्रपाले आफूलाई राजाविहीन गणतन्त्रको पक्षमा उभ्याउँदै आएको थियो ।

काठमाडौं पानीपोखरीस्थित लप्सीगार्डेनका भएको कार्यक्रममा दुबै राप्रपाका नेताहरुबीच पार्टी एकीकरण सम्बन्धि सहमति भएको हो ।

दुई पार्टीबीच एकीकरण भई पार्टीको नाम राप्रपा राख्ने सहमति भएको छ । अधिवेशन नभएसम्मका लागि अध्यक्ष तीनै जना रहने सहमति बनेको छ । अधिवेशन नभएसम्मका लागि कमल थापा, पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी अध्यक्ष रहने व्यवस्था मिलाइएको छ ।

एकताका सहमति पत्रमा तीनै जना अध्यक्षले हस्ताक्षर गरेका छन् । एकता घोषणा सभा भने फागुन २८ गते राष्ट्रिय सभा गृहमा गर्ने निर्णय गरिएको छ । हस्ताक्षर कार्यक्रममा तीनै जना अध्यक्षले भ्रष्ट्राचारलगायतको संकटबाट मुलुकलाई मुक्ति दिलाउन एकता गरिएको सुनाए ।

अब थकाई नमारी अगाडी बढ्ने र मुलुकको आवश्यकता अनुसार राजनीतिलाई अगाडी बढाउन तीनै नेताले प्रतिवद्धता पनि जनाए । एकतासँगै राप्रपा ठूलो शक्तिका रुपमा रहने दावी पनि नेताहरुको थियो ।

तीन पार्टीबीच भएको सहमति पत्रको सम्झौता यस्तो छ ।