२७ माघ २०८१, आइतबार | Sun Feb 9 2025


आन्तरिक पर्यटन प्रवर्द्धन गर्नुपर्नेमा जोड


65
Shares

काठमाडौं, फागुन २४ । ‘कोरोनाभाइरस’ संक्रमणको सन्त्रास बढेसँगै सरकारले विभिन्न औपचारिक सभा तथा कार्यक्रमहरु रद्द गरेको छ । यसको प्रभाव पर्यटनदेखि होटल व्यवसायसम्म परेको छ ।

नेपालका पर्यटकीयस्थल तथा होटल सुनसानजस्तै छन् ।

होटल व्यवसायमा यसको प्रत्यक्ष प्रभाव परेको छ । निकै न्यून संख्यामा पर्यटकहरु नेपाल आएका छन् ।

पदयात्राका लागि यतिबेला नेपालको मौसम उपयुक्त रहेपनि पर्यटकहरुको चहलपहल देखिँदैन ।

विदेशी पर्यटकहरुको अभावलाई परिपूर्ति गर्न सरकारले आन्तरिक पर्यटन प्रवर्द्धनमा जोड दिनुपर्ने होटल संघ नेपालका उपाध्यक्ष विनय शाह बताउँछन् ।

सरकारले ‘रिकभरी प्याकेज’ व्यवस्था गर्नसकेमा व्यवसायीको आत्मविश्वास बढ्न सक्ने शाहको भनाइ छ ।

यस समयमा होटलहरुमा नयाँ ‘बुकिङ’को लागि कुनैपनि नयाँ ग्राहक नआएको होटल व्यवसायी बताउँछन् ।