२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025


स्वरोजगार बन्दै सेनाको परिवार


0
Shares

नरेन्द्र मानन्धर र रक्षा बज्राचार्य (इमेज)

नेपालगन्ज, फागुन २४ । पछिल्लो समय बहालवाला सैनिकका परिवार, भूपू सैनिक र तिनका परिवार स्वरोजगार बन्दैछ ।

सेनाले सहयोग गरेपछि उनीहरु सस्तो व्याजदरमा ऋण लिएर व्यापार–व्यवसाय गर्ने थालेका हुन् ।

नेपाली सेनाका भूपू सैनिक, तिनका परिवार र बहालवाला सैनिक परिवारको हितका लागि सेनाले लघुवित कार्यक्रम सञ्चालन गरेपछि हिताधिकारीहरु स्वरोजगार बन्दै गएका छन् ।

एकल महिलाहरुले समेत सहुलियतपूर्ण वार्षिक ४.५ प्रतिशत व्याजदरमा ऋण लिएर व्यवसाय गर्ने थालेका छन् ।

नेपाली सेना कल्याणकारी बोर्डले हिताधिकारीहरुको आर्थिक र सामाजिक जीवनस्तर माथि उठाउन नेपाल इन्भेस्टमेन्ट बैंकको लगानीमा लघुवित कार्यक्रम सञ्चालन गरेको हो ।

साथै, व्यावसायिक कृषि तथा पशुपक्षी कर्जा र महिला उद्यमशीलता कर्जासमेत सञ्चालन गरेको छ ।

यशोदा थापाले आफूले सहूलियतपूर्ण व्याजदरमा कर्जा लिएर बाख्रापालन गरेको बताइन् ।

उनीजस्तै अन्य २८ हजार ५२५ जना हिताधिकारीहरु विभिन्न शीर्षकमा सहुलियतपूर्ण व्याजमा कर्जा लिएर व्यापार–व्यवसाय गरिरहेका छन् ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत पद्यमविलास कार्कीले विदेश पलायन हुन नपरोस् र स्वरोजगार बनेर देशकै विकासमा टेवा पुगोस् भनेर कल्याणकारी कार्यक्रम सञ्चालन गरेको बताउँछन् ।

हालसम्म करिब पाँच अर्ब रुपैयाँ यी कल्याणकारी कार्यक्रमहरुका लगानी भइसकेको जनाइएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले गरिबीलाई माथि उकास्न यी कार्यक्रममा लगानी गरेको र परिणाम राम्रो भएको बताए ।

यस्तो कार्यक्रमले भूपू सैनिक, तिनका परिवार र बहालवाला सैनिक परिवारका सदस्यहरुबीच आपसी सद्भाव र भाइचारा बढ्ने तथा आगामी दिनहरुमा सञ्चालन हुने अन्य कल्याणकारी कार्यक्रमहरूबाट सामाजिक तथा आर्थिकस्तर वृद्धि हुँदै देशको विकासमा समेत टेवा पुग्ने देखिन्छ ।

भिडियो हेर्नुहोस्