
काठमाडौं । आइसीयूको वेडाट उठेर बस्न तथा हिँडडुल गर्न थालेका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बिहान चिकित्सकसँग ठट्टासमेत गर्न भ्याए ।
स्वास्थ्यमा समस्या रहे पनि ओलीले विगतदेखि नै चिकित्सकसँग ठट्टा गर्दै आफू रोगसँग सहज किसिमले सामना गर्न सक्षम रहने बताउँदै आएका छन् ।
बेडबाट उठेर यताउता हिँड्न थालेपछि प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य परीक्षण गर्न आएका चिकित्सकसँग अब आफ्नो आयु १५ वर्ष थपिएको भन्दै ठट्टा गरे ।
उपचारमा संलग्न चिकित्सकले प्रधानमनत्रीको स्वास्थ्य बढी सोचेभन्दा सुधार हुँदै गएको बताए । उनले आफुलाई अझै १०/२० वर्ष केही नहुने भनेपछि चिकित्सकहरु मुस्कुराएका थिए ।
प्रधानम्न्त्री ओलीले चिकित्सकसँग ठट्टाका क्रममा आफ्नो बाबु मोहनप्रसाद ओलीलाई स्मरण गरेका थिए ।
“मिगौंलाले काम गर्न थाल्यो अब मलाई १५/२० वर्ष केही हुँदैन” औलीले ठट्यौली शैलीमा भने “मेरा बा अहिले ९० वर्ष हुनुभयो अब म पनि त्यति नै वर्षसम्म बाँच्छु ?” प्रधानमन्त्री ओली हाल ६८ वर्षका छन् । राजधानी दैनिकबाट ।
प्रतिक्रिया दिनुहोस्