३० माघ २०८१, बुधबार | Wed Feb 12 2025


दक्षिण एसियाली विकासोन्मुख मुलुकहरुको अर्थतन्त्रमा ‘कोरोना’को गहिरो प्रभाव


0
Shares

काठमाडौं, फागुन २३ । दक्षिण एसियाली विकासोन्मुख मुलुकहरुको अर्थतन्त्रमा ‘कोरोना’ प्रकोपको गहिरो प्रभाव पर्ने जनाइएको छ ।

एसियाली विकास बैंक (एडीबी)को पछिल्लो प्रतिवेदनले कोरोनाभाइरसको प्रकोपले दक्षिण एसियाली मुलुकहरुको अर्थतन्त्र उल्लेख्य प्रभावित हुने जनाएको हो ।

यसले पार्ने प्रभावको यकिन तथ्यांक आँकलन गर्न नसकिएपनि विश्व अर्थतन्त्रको ७७ अर्ब डलरदेखि ३४७ अर्ब डलरसम्मको कुल गार्हस्थ उत्पादन प्रभावित हुने एडीबीले जनाएको छ ।