
काठमाडौं । क्लासिक टेक को सिस्टर कम्पनी कारो फिल्म्सले नयनराज पाण्डेको चर्चित उपन्यास ‘लू’ को प्रतिलिपि अधिकार लिएको छ ।
कारो फिल्म्स्की प्रबन्ध निर्देशक निशा खरेल र उपन्यासका लेखक पाण्डेबीच क्लासिक टेकको मुख्य कार्यालयमा एक समारोहकाबीच प्रतिलिपि अधिकार हस्तान्तरण सम्पन्न भएको छ । प्रतिलिपि अधिकार हस्तान्तरणसंगै चलचित्र ‘लू’ को पटकथा पनि लेखक पाण्डेलेनै लेख्ने हुनु भएको छ । योसंगै कारो फिल्म्स्ले नेपालमा आगामी दिनहरुमा उच्च गुणस्तर एवं रमणीय र ठूला बजेटका चलचित्रहरु निर्माण गर्ने उद्देस्यले आफ्नो स्थापना भएको बताएको छ ।
सो कार्यक्रममा कम्पनीले नयाँ अत्याधुनिक प्रविधिको फिल्मी सामग्रीहरु नेपालमा भित्र्याउने प्रक्रिया अन्तिम चरणमा रहेको जानकारी दिएको थियो ।यसले नेपाली फिल्म जगतलाई अझै गुणस्तर बढाउने र रोजगारी पनि सिर्जना गर्ने विश्वास कारो फिलम्स्को छ । यस्तै आगामी दिनमा कारो फिल्म्सले अरु पनि वेब सिरिज र रियालिटी शोहरु निर्माण गर्ने बताएको छ ।
त्यस्तै नेपालको फिल्मी क्षेत्रमा उत्कृस्ट प्रविधि भित्र्याउने र ठूला बजेटका चलचित्र हरु बनाएर नेपाली चलचित्र क्षेत्रलाई नयाँ उचाइमा लाने कारो फिल्म्स्को उदेस्य रहेको प्रवन्ध निर्देशक खरेलको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्