१८ श्रावण २०८२, आइतबार | Mon Aug 4 2025


बागलुङमा मोटरसाइलक दुर्घटना हुँदा एक जनाको मृत्यु


208
Shares

बागलुङ । बागलुङको निसीखोलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बिहीबार बिहान निसीखोला गाउँपालिका वडा नम्बर ४ झिवाखोलादेखि वडा नम्बर ३ को याङ्म्याङ जाने क्रममा मोटरसाइकल दुर्घटना हुँदा ४० वर्षीय देवीराम खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी विजय भण्डारीले जानकारी दिनुभयो ।

मोटरसाइकल सडकदेखि करिब ३०० मिटर तल गहतेरा खोलामा खसेको थियो । मोटरसाइकलसँगै खड्का पनि खोलामा फेला परेको प्रहरीले जनाएको छ ।