२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025


आज विश्व मिर्गौला दिवस, नेपालमा पनि विभिन्न जनचेतनामुलक कार्यक्रम गरी मनाइँदै


91
Shares

काठमाडौं । ‘मिर्गौला स्वास्थ्य सबैका लागि’ भन्ने नाराका साथ आज नेपालमा पनि विश्व मिर्गौला दिवस मनाइँदै छ ।

यस अवसरमा विभिन्न जनचेतनामुलक कार्यक्रम गरी अंगदान र अंग प्रत्यारोपण गरेका व्यक्ति पनि अन्य स्वस्थ व्यक्ति जत्तिकै स्वस्थ हुन सक्छन् भन्ने सन्देश दिईदैछ ।

यसै अवसरमा आज बिहान काठमाडौंको शान्तिबाटिकाबाट मिर्गौला पदयात्रा निकालिएको छ । पदयात्रा दशरथ रंगशालासम्म पुगेर अंग प्रत्यारोपण गरिएका व्यक्ति, अंगदाता, डाक्टर, कलाकार, पत्रकार, समाजसेवीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता गरिंदैछ ।

नेपालमा हरेक वर्ष ३ हजार पाँच सय जना मिर्गौला रोगी थपिने गरेको तथ्यांक छ । खानपान, जीवनशैली, उच्च रक्तचाप, मधुमेहलगायतका समस्याले गर्दा नेपालमा पछिल्लो समय मिर्गौला रोगी बढेको चिकित्सकहरुको भनाइ छ ।

८० प्रतिशत बिग्रेपछि मात्र मृगौला रोगको लक्षण देखिन्छ : वरिष्ठ चिकित्सक काफ्ले