पल शाह प्रकरण : हरि उदासी र निशान चिलवाल पक्राउ « Imagekhabar – Online News Portal of Nepal
२५ श्रावण २०७९, बुधबार | Wed Aug 10 2022


पल शाह प्रकरण : हरि उदासी र निशान चिलवाल पक्राउ


14.378k
Shares

काठमाडौं । बलात्कार आराेपमा पक्राउ परेका पल शाहकाे विषयमा यूट्युव च्यानल मार्फत अनर्गल वक्तव्य बाजी तथा चरित्र हत्या गर्ने उद्देश्यले भ्रामक समाचार सम्प्रेषण गरेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा नागार्जुन नगरपालिका–८ भिमढुंगा बस्ने ५३ वर्षीय हरि उदासी भन्ने हरि परियार र तारकेश्वर नगरपालिका–४ शेषमती बस्ने लमजुङ राईनास नगरपालिका स्थायी वतन भएका २७ वर्षीय निशान चिलवाल रहेका छन् ।

हरिले ‘नेपाल मिडिया’ र निशानले ‘विशाल नेपाल’ नामक यूट्युव च्यानल मार्फत गम्भीर प्रकृतिको अपराध अनुसन्धानको प्रक्रियालाई समेत प्रभावित पार्ने उद्देश्यका साथ पीडितको मानमर्दन र चरित्र हत्या हुने गरी भ्रामक समाचार सम्प्रेषण तथा अनर्गल वक्तव्य बाजी गरेकाे साइबर ब्यूरोकाे आराेप छ ।

उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट ७/७ दिन म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको छ ।