काठमाडौं । खप्तड गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा आज मनाङ मर्स्याङ्दी क्लब र हिमालयन शेर्पा भिड्दै छन् ।
धनगढी रंगशालामा दिउँसो ३ बजे हुने खेलमा दुवै टोली जित निकाल्दै फाइनल पुग्न चाहन्छन् ।
मनाङ भारतको दिल्ली फुटबल क्लबलाई २–१ ले हराउँदै अन्तिम चारमा पुगेको हो भने हिमालयनले क्वाटरफाइनलमा साविक विजेता तथा सुदुरपश्चिम–११ लाई २–१ ले हराउँदै अन्तिम चारमा पुगेको हो ।
आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ । उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ ।








प्रतिक्रिया दिनुहोस्