Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


सुनले राख्यो नयाँ किर्तिमान


0
Shares

काठमाण्डौ – सुनको मूल्यले नयाँ किर्तिमान कायम गरेको छ । आज सुनको भाउ हालसम्मकै उच्च प्रतितोला ८२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छ ।

बिहीबार ८० हजार ७ सयमा कारोबार भएको सुन आज (शुक्रबार) एकैदिन प्रतितोला १८ सयले बढेको हो ।

आज सुन तोलाको ८२ हजार पाँच सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यो हप्तामात्रै सुनको भाउ तोलामा चार हजार पाँच सय रुपैयाँले बढेको हो।

हप्ताको पहिलो दिन आइतबार तोलाको ७८ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ शुक्रबार बढेर तोलामा अहिलेसम्मकै महँगो ८२ हजार पाँच रुपैयाँ पुगेको हो ।

चाँदी भने तोलाको आठ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।

Skip This