Logo १८ चैत्र २०८२, बुधबार | Thu Apr 2 2026


नेपाली राष्ट्रिय फुटबल टीमले दुईवटा मैत्रीपूर्ण खेल खेल्ने


91
Shares

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टीमले दुईवटा मैत्रीपूर्ण फुटबल खेल्ने भएका छन् ।

नेपाली टीमले मार्च २४ मा थाइल्याण्डविरुद्ध खेल्नेछ भने मार्च २७ मा थाइल्याण्डकै स्थानीय चोनबुरी क्लबसँग मैत्रीपूर्ण खेल खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

एन्फाका अनुसार यी दुई खेलहरू एएफसी एसियक कपको छनोटको तयारीको रुपमा पनि लिइएको छ ।

यसअघि नेपालले मौरिसससँग जनवरी २९ र फेब्रुअरी १ मा काठमाडौंमा मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा दुवै खेल नेपालले जितेको थियो ।