Logo १४ असार २०८३, आइतबार | Mon Jun 29 2026


‘कोरोना’का कारण सम्पूर्ण खेलकुद गतिविधि स्थगित गर्न ‘राखेप’को उर्दी


0
Shares

काठमाडौं, फागुन २२ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले विश्वभर फैलिएको ‘कोरोनाभाइरस’ अर्थात् ‘कोभिड–१९’ का कारण सम्पूर्ण खेलकुदका गतिविधि स्थगित गर्न सूचना जारी गरेको छ ।

युवा तथा खेलकुदमन्त्री जगत्बहादुर सुनार विश्वकर्माको अध्यक्षतामा बिहीबार बसेको राखेपको बैठकले कोरोनाको सम्भावित संक्रमणबाट बच्न खेलकुद प्रतियोगितालगायतका सम्पूर्ण कार्यक्रमहरु अर्को सूचना जारी नभएसम्मका सम्भव भएसम्मका कार्यक्रमहरु स्थगित गर्न विज्ञप्तिमार्फत् सूचित गरेको हो ।

राखेप प्रशासन विभाग प्रमुख कुलबहादुर थापाले जारी गरेको विज्ञप्तिमा गोष्ठी, सेमिनारलगायतका भीडभाड हुने सबै किसिमका खेलकुदका प्रतियोगिता स्थगित गर्न भनिएको छ ।