४ भाद्र २०८२, बुधबार | Wed Aug 20 2025


प्रधानमन्त्री ओलीको स्वास्थ्यमा ‘अपेक्षाकृत सुधार’


0
Shares

काठमाडौं, फागुन २२ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार भएको छ । सबै सूचक सामान्य छन् ।

उनलाई तरल र नरम आहार दिन सुरु गरिएको छ ।

हाल उनलाई शल्यक्रियाकक्षबाट प्रत्यारोपण उपचारकक्षमा राखी उपचारलाई निरन्तरता दिइएको अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. प्रेमकृष्ण खड्गाले जानकारी दिए ।

प्रधानमन्त्री ओलीलाई अंगदान गर्ने समीक्षा संग्रौलाको स्वास्थ्य स्थिति सुधारोन्मुख भएको र उनलाई पनि तरल र नरम आहार दिन थालिएको प्रा. डा. खड्गाले जानकारी दिए ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले विभिन्न देशका प्रधानमन्त्री तथा देशका प्रतिनिधिबाट प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको शुभकामना आउनेक्रम जारी रहेको बताए । रासस