काठमाडौं । ‘मिस वर्ल्ड’ २०१९ जमैकाकी टोनी एन सिंह काठमाडौं आइपुगेकी छिन् । उनी आज मध्यान्ह काठमाडों आइपुगेकी हुन् ।
उनीसँगैं मिस वल्र्ड आयोजकका अध्यक्ष जुलिया मार्ले र निर्देशक स्टिभ डग्लससमेत नेपाल आएका छन् । संस्कृति, पर्यटन र उड्यन मन्त्रालयको निमन्त्रणामा उनीहरु नेपाल आएका हुन् ।
‘मिस वर्ल्ड’ टोनी फागुन २३ गते हेलम्बु जाने कार्यक्रम छ । उनले हेलम्बुमा ग्रेट हिमालयन ट्रेल, मोर्डन स्कुल र सोर्सिङ गाउँको भ्रमण गर्ने हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन लामाले जानकारी दिए ।
सोर्सिङ गाउँ मिस नेपाल अनुष्का श्रेष्ठले बनाएको ‘विउटी विथ थ पर्पस’ प्रोजेक्टका लागि छानिएको गाउँ हो । त्यही प्रोजेक्ट हेर्नका लागि ‘मिस वर्ल्ड’ टोनी लगायत मिस वल्र्ड आयोजकहरु हेलम्बु पुग्नेछिन् ।
‘मिस वर्ल्ड’ २०१९ मा मिस नेपाल अनुष्काले ‘विउटी विथ थ पर्पस’ को उपाधि जितेकी थिइन् । त्यसअघि २०१८ की मिस नेपाल श्रृखला खतिवडाले पनि ‘विउटी विथ थ पर्पस’ उपाधि जितेकी थिइन् ।




प्रतिक्रिया दिनुहोस्