काठमाडौं । माउन्टेन ड्युको नयाँ विज्ञापन सार्वजनिक भएको छ । माउन्टेन ड्युले ब्राण्ड सद्भावनादूत अनुप बिक्रम शाहीको साथमा तयार पारिएको नयाँ जोशिलो विज्ञापन सार्वजनिक गरेको हो ।
‘यो विज्ञापनमा या त डरदेखि डराएर भाग्ने या डरको सामना गरेर अगाडी बढ्ने भन्ने २ विकल्पलाई देखाएर माउण्टेन ड्युको विश्वासको पुनरावृत्ति गरिएको छ । यो नै त्यो छनौट हो, जसले अरुलाई छाडेर वास्तविक हिरोको पहिचान गराउनेछ ।’ कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘डरको अगाडि जीत छ’ भन्ने शक्तिशाली जीवन दर्शनमा आधारित भएर विज्ञापनको शुरु बुर्ज खलिफाको माथिल्लो भागबाट एकदम सुक्ष्म दृष्टिबाट हुन्छ जहाँ अनूपले विश्व रेकर्ड कायम गर्न आफ्ना दर्शकहरुका सामून्ने डरलाग्दो स्टन्ट दिएका छन् ।
फिल्मले अनूप विक्रम शाहीमा देखा परेको द्विविधा र दृढ संकल्प दुवैलाई कैद गर्दछ । आफ्नो अगाडी आएको विकल्पलाई मूल्यांकन गरेर अनूपले माउण्टेन ड्युको एक चुस्कि लिन्छन् अनि उनको मुहारमा दृढता झल्किन्छ र सबै बाधाहरुलाई पन्छाउँदै बाइकमा बुर्ज खलिफाको टुप्पाबाट डुबुल्की लगाउँछन् ।
विज्ञापनको छायांकनका सम्बन्धमा आफ्नो अनुभव सुनाउँदै अनुप भन्छन्, ‘माउण्टेन ड्युको आदर्श वाक्य डरको अगाडी जीत छ मेरो विश्वाससँग मेल राख्छ, तपाईं कहाँबाट आउनु भएको हो र तपाईं को हो भन्नेले खासै अर्थ राख्दैन, यो त डरको सामना गर्ने व्यक्रिको हिम्मत हो जसले उसलाई÷उनलाई वास्तविक हिरो बनाइदिन्छ । बुर्ज खलिफामा छायाँकन गर्नु एक रोमाञ्चकारी अनुभव रह्यो किनकी हामी ब्राण्डको लागि नयाँ उचाईमा पुग्न चाहन्छौं–एकदम शाब्दिक तवरले । मलाई विश्वास छ नयाँ फिल्मले नेपालका युवाहरुलाई प्रेरित गर्नेछ र उनीहरुले डरको सामना गर्ने आफ्नो आत्मविश्वासलाई जगाएर आइपरेका चुनौतीहरु पार गर्न उनीहरुलाई जागृत गराउनेछ ।’
नयाँ विज्ञापनको बारेमा आफ्नो धारणा राख्दै पेप्सीको नेपालका सिनियर मार्केटिङ्ग डाइरेक्टर नसीब पुरीले भन्नुभयो, ‘डरको अगाडी जीत छ भन्ने आदर्श वाक्यसँगै माउण्टेन ड्युले सधैं नै नेपालमा जोखिम मोल्ने र सफलता प्राप्तीका लागि डर तथा आत्म–शंकालाई पर धकेल्नेहरुलाई सलाम गर्दछ । यो वर्ष पनि वास्तविक हिरोहरु ती हुन् जसले चुनौतीहरुलाई स्वीकार्छन् र विजेताको रुपमा उभिन्छन् भन्नेलाई पुनः दोहोर्याएको छ । हामीलाई विश्वास छ अनूप विक्रमले विश्वकै सबैभन्दा अग्लो भवन बुर्ज खलिफाको टुप्पाबाट गरेको जोडदार अभिनय हेरेर नेपालका उपभोक्ताहरु रोमाञ्चित हुनु हुनेछ र उहाँहरु सबैमा डरको अगाडी जीत छ भन्ने कुराले बलियो स्थान जमाउनेछ ।’
माउण्टेन ड्युको यो नयाँ विज्ञापन सबै टिभि च्यानलहरु, डिजिटल, आउटडोर, र सामाजिक सञ्जालहरुमा समेत गरी व्यापक एवं बृहत रुपमा प्रदर्शन गरिनेछ । माउण्टेन ड्यु सबै परम्परागत पसलहरुका साथै आधुनिक स्टोरहरु र इ–कमर्स प्लेटफर्महरुमा पनि उपलब्ध हुनेछ ।









प्रतिक्रिया दिनुहोस्