
कैलाली, फागुन २१ । सुदूरपश्चिम प्रदेश सभाका सदस्य अक्कल बहादुर रावललाई महिलामाथि बलात्कार प्रयासको आरोपमा पक्राउ गरिएको छ ।
धनगढी उपमहानगरपालिका ४ उत्तरबढेकी एक विवाहित महिलाले रावलविरुद्ध बलात्कारको उजुरी दिएको एक सातापछि उनलाई पक्राउ गरिएको हो ।
जाहेरीमा महिलाले प्रदेश सभा सदस्य रावलले आफूमाथि माघ २१ गते जवर्जस्ती करणीको प्रयास गरेको आरोप लगाएकी छन् ।
रावललाई हिरासतमा राखी थप अनुसन्धान गर्न अदालतबाट अनुमती लिने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतले जानकारी दिए ।
आफ्ना विरुद्ध उजुरी परेपछि रावल सो विषयमा बुभ्mन बुधबार आफैँ प्रहरी कार्यालयमा पुगेको प्रहरीले जनाएको छ ।
रावल अछाम क्षेत्र नम्बर २ को ख बाट प्रदेश सभामा निर्वाचित भएका हुन् । आफूलाई फसाउने नियतले झुटो आरोप लगाएको रावलको जिकीर गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्