काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै एक महिने निर्वाचन विशेष अभियान सुरु गर्ने तयारी गरेको छ ।
कांग्रेसले संगठन सुदृढीकरण र स्थानीय तह निर्वाचनमा पार्टीलाई विजयी गराउने लक्ष्यका साथ स्थानीय तहका तल्लो तहसम्म नै निर्वाचन लक्षित अभियान सुरु गर्न लागेको हो । अभियानलाई ‘घर-घर जाऔं , कांग्रेस जिताऔं’ नारा दिएको छ ।
सरकारले ३० वैशाख २०७९ मा स्थानीय तहको निर्वाचन गर्नेगरि मिति तय गरिसकेको छ ।
यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्