२६ माघ २०८१, शनिबार | Sun Feb 9 2025


सरकारले भ्रष्टाचार बाहेक केही काम गरेको छैन : सभापति देउवा


0
Shares

-बिराज रोस्यारा/ईमेज

कैलाली । नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको सरकारमा भ्रष्टाचार बाहेक केही काम नभएको बताएका छन् ।

प्रेस युनियन कैलालीले बुधबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा देउवाले ‘डल्लो बजेट’ मार्फत भ्रष्टाचार बढेको बताए ।

डल्लो बजेटको नाममा कार्यकर्तालाई जथाभावी पैसा बाँड्ने काम भएको बताउँदै उनले कांग्रेसले  भ्रष्टाचार विरुद्ध आवाज उठाइरहेको बताए । सुदूरपश्चिम प्रदेश सरकारले पनि भ्रष्टाचार बाहेक केही काम गर्न नसकेको देउवाले बताए ।

सभापति देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) जस्ताको त्यस्तै पारित हुनुपर्ने बताए ।

एमसीसी जस्तोको त्यस्तै पास गर्नुपर्ने बताउँदै उनले एमसीसीले नेपाललाई ठूलो आर्थिक लाभ हुने दावी गरे ।

यस बिषयमा आफूहरुको सहमति रहेको बताउँदै देउवाले सरकारसंग पटक पटक सल्लाह गरौं भन्दा पनि सल्लाह नभएको बताए ।

सुदूरपश्चिमकोे समृद्धिमा जोडिएका आयोजनाहरु जनस्तरबाट निर्माण गर्नुपर्ने बताए ।

पश्चिमसेती, सुख्खा बन्दरगाह, गौरीफन्टा नाका लगायतका योजनाहरुलाई प्राथामिकता दिनुपर्ने उनले बताए ।

विश्वभरी फैलिरहेको कोभिड– १९ कोरोना भाइरसको संक्रमण नेपालमा पनि फैलिने भन्दै सभापति देउवाले चिन्ता व्यक्त गरे ।