Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


आईसीसी विश्वकप लिग-२ का लागि नेपाली क्रिकेट टोलीको घोषणा


143
Shares

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ का लागि नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार १६ सदस्यीय टोलीको घोषणा गरेको छ ।

युएईमा हुने लिग खेलका लागि सन्दीप लामिछानेको कप्तानीमा ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल,आरिफ शेख, आसिफ शेख, कमल सिंह ऐरी, विवेक यादव, सागर ढकाल, पवन सर्राफ, करण केसी, विनोद भण्डारी, रोहित कुमार पौडेल, सोमपाल कामी, बिक्रम सोब,भिम शार्की रहेका छन् ।यूएई जानुअघि नेपाली टिमले श्रीलंकामा एक साता प्रशिक्षण गर्ने छ । नेपाली टोली शनिबार श्रीलंका जाने छ ।

श्रीलंकामा रहँदा ४ वटा तयारी खेल खेल्ने बताइएको छ । नेपाली टोली श्रीलंकाबाट १४ मार्चमा युएई पुग्ने क्यानले जनाएको छ ।