
झापा, फागुन २० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) झापाले प्रदेश नम्बर–१ स्तरीय कार्यकर्ता प्रशिक्षणलगायतका सम्पूर्ण सार्वजनिक कार्यक्रम तत्कालका लागि स्थगित गरेको छ ।
मंगलबार झापामा पत्रकार सम्मेलनको आयोजना गरी ‘कोरोनाभाइरस’ संक्रमणको खतरालाई ध्यानमा राखी कार्यक्रम स्थागित गरिएको जनाइएको छ ।
नेकपा वरिष्ठ नेता झलनाथ खनालले नेपाल कोरोनाको उच्च जोखिममा रहेकाले नेकपाका अरु सार्वजनिक कार्यक्रमहरुसमेत स्थगन गर्ने बताए ।
नेकपाले प्रत्येक वर्षको फागुन २१ गते झापा विद्रोहका पाँच सहिदको स्मृतिमा श्रद्धाञ्जलिसभाको आयोजना गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्