३ असार २०८२, मंगलबार | Wed Jun 18 2025


विना कामको ज्याला लिनु राम्रो हुँदैन : डा. भट्टराई


572
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारले संसद अवरोधको निकास खोज्न नसक्नु गैर जिम्मेवारीपन भएको टिप्पणी गर्नुभएको छ ।

‘जनताको सर्वोच्च प्रतिनिधिसभा ६ महिनादेखि बन्द बस्नु उपयुक्त हुँदैन, यो दुःखद् भयो,’ अध्यक्ष भट्टराईले भन्नुभयो, ‘सबै जिम्मेवार बनेर यसको निकास खोजौं भन्ने कुरा मैले राखेको छु ।’

बुधबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै अध्यक्ष भट्टराईले जनताको समस्या संसदमा नराखी ज्याला लिनु लज्जास्पद भएको बताउनुभयो ।

अध्यक्ष भट्टराईले सरकारले संसदको अवरोध नहटाउनु जनताप्रतिको अपमान भएको आरोपसमेत लगाउनुभयो ।

‘हामी आउँछौं भत्ता बुझ्छौं, हिड्छौं, जनताको समस्या राख्दैनौं भने विना कामको ज्याला लिनु राम्रो हुँदैन,’ उहाँले थप्नुभयो, ‘यो बेठीक भइरहेको छ, शोभनीय भएन, जनताप्रति अपमान हो, छिटो निकास निस्कनुपर्छ ।’