Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


बुधबारदेखि आइसिएल सुरु हुँदै, ८ बैंकसहित १६ टोली सहभागी


221
Shares

काठमाडौं । इन्डोर कर्पोरेट लिग (आइसिएल)को टाइसिट सार्वजनिक भएको छ ।

नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालीको आयोजनामा बुधबारदेखि काठमाडौंमा सुरु हुने आइसिएलको आज टाइसिट सार्वजनिक भएको हो ।

८ बैंकसहित १६ वटा टोली सहभागी हुने प्रतियोगिता लिग कम नकआउट पद्धतिमा खेलाइने टेक्निकल डाइरेक्टर रवीन्द्र गुुप्ताले जानकारी दिनु भयो । सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरेर पहिलो चरणपछि विजेता र उपविजेताले क्वार्टरफाइनलमा स्थान बनाउने छन् ।

यस्तै, कर्पोरेट हाउसले बनाएको टोली वा खेलाडीको विषयमा प्रोटेस्ट गर्न चाहे १० हजार रूपैयाँ शुल्क लाग्ने र सावित भए त्यो फिर्ता हुने गुप्ताले बताउनुभयो ।

प्रतियोगितामा समूह ए बाट खल्ती, एनएमबी बैंक, सनराईज बैंक, नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेटमेन्ट प्रालि सहभागी हुने छन । त्यसैगरी समूह बी बाट माछापुच्छ«े बैंक, सेन्चुरी बैंक, नेपाल टेलिकम, नेपाल टुरिजम बोर्डको सहभागिता रहनेछन । नेपाल एसबी आई बैंक, क्लाउड फ्क्याट्री, कामना सेवा विकास बैंक र नेपाल लाइफ इन्स्योरेन्स समूह सी बाट सहभागी हुनेछन भने समूह डी मा एनआईसी एसिया बैंक, सुर्य नेपाल, सुबिसु, मेघा बैंक सहभागी हुने छन् ।