२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


अर्घाखाँचीमा ८ बन्दकर्ता पक्राउ


221
Shares

अर्घाखाँची । अर्घाखाँची जिल्लामा एमसीसीकाे विराेधमा बन्द गराउँदै हिडेका ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीहरुमध्ये राष्ट्रिय जनमोर्चाका ४ जना तथा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ४ जनागरि ८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी गणेश खनालले जानकारी दिनुभयो ।

साे बन्दले लामो तथा छोटो दुरीका सार्वजनिक यातयातका साधान, शिक्षण संस्था, कलकारखाना र उद्योग धन्दा पूर्णरुपमा बन्द भएका छन् ।