
काठमाडौ । नेपाली कांग्रेसका सांसद गगन थापाले अमेरिकी सहयोग संझौता,मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) नेपालको संविधानभन्दा माथि नभएको दाबी गर्नु भएको छ ।
आइतबार प्रतिनिधि सभामा एमसीसीमाथिको सैद्धान्तिक छलफलमा भाग लिदैं सांसद थापाले एमसीसी नेपालको संविधान भन्दा माथि छ भनेर हावा कुरा नगर्न पनि राजनीतिक दलका नेताहरुलाई आग्रह गर्नुभयो । उहाँले एमसीसी पनि विगतमा नेपालले अरु संझौता गरेजस्तै संझौता रहेको भन्दै नेपालको कानुनसंग संझौतामा भएको कुरा बाझिएमा त्यो लागू हुन नसक्ने उल्लेख गर्नुभयो ।
तर अन्य राजनीतिक दलका नेताहरुले एमसीसी नेपालको संविधान भन्दा माथि रहेको भनेर झुट बोलेका थापाको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्