
काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले प्रतिनिधि सभामा आफ्नै पार्टीका सांसदले अवरोध गरिरहेका बेला उनीहरुलाई छलेर एमसीसीबारे आफ्ना भनाई राख्नु भएको छ ।
एमसीसीमा प्रतिनिधि सभामा सैद्धान्तिक छलफल शूरु भएका बेला रावलले पनि आफ्ना भनाई राख्नु भएको हो । रावलले एमसीसी राष्ट्रघाती भएको भन्दै यसलाई संसद्बाट पास गर्न नहुने बताउनुभयो । उहाँले नेपालको स्वातन्त्रता, राष्ट्रियता र स्वाधिनतामा एमसीसीले आघात पुग्ने दाबी गर्नुभयो । उहाँले एमसीसीका कतिपय प्रावधान नेपालको हित विपरित भएका बताउनुभयो ।
एमालेका अरु सांसदहरुले भने प्रतिनिधि सभा बैठकमा अवरोध गरिरहेका छन् । सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर लामो समयदेखि एमालेका सांसदहरुले प्रतिनिधि सभा बैठक अवरोध गर्दै आएका छन् । रावलले आफ्नै पार्टीका सांसदहरुलाई छलेर एमसीसीबारे धारणा राख्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्