५ फाल्गुन २०८१, सोमबार | Mon Feb 17 2025


किन गर्यो सरकारले चीनका लागि नेपाली राजदूत पौडेललाई फिर्ता ?


0
Shares

काठमाडौँ, फागुन १८ । सरकारले चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाएको छ ।

मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले राजदूत पौडेललाई १५ दिनभित्र नेपाल फिर्ता हुन सरकारले निर्देशन दिएको हो ।

एक मन्त्रीले पौडेललाई किन फिर्ता बोलाइयो भन्ने त थाहा भएन तर स्वदेश फर्किन १५ दिनको समय दिने निर्णय भएको बताए ।

मन्त्रिपरिषद् बैठकमा फिर्ता बोलाउनुको कारणबारे छलफल पनि नभएको उनको भनाइ छ ।

कोरोना भाइरसको त्रासमा चीन रहेकै बेला राजदूत पौडेललाई किन फिर्ता बोलाइयो भन्ने कौतूहलको विषय बनेको छ ।

पूर्व मुख्यसचिव पौडेललाई २०७३ कात्तिकमा चीनका लागि नेपाली राजदूत नियुक्त गरेको थियो ।