
काठमाडौं, फागुन १८ । साताको शुरुको दिन आइतबार शेयर बजारमा ४० अंकको करेक्सन भयो ।
कारोबारमा भने फेरी रेकर्ड कायम भयो । नेप्सेमा यस दिन झण्डै ५ अर्बको शेयर किनबेच भयो । गत साताभर जसो उच्च दरले उकालो लागेको बजार परिसूचक नेप्से यस दिन तीब्र उतार चढावबीच ४० अंकले ऋणात्मक रहेर १५ सय ९१ कायम भएर थामियो ।
शुरुवाती समय यस दिन पनि उच्च दरले उकालो लागेर १६ सय ६३ अंक सम्म पुगेको नेप्से छोटो समय मै शिथिल हुँदै उतार चढावका बीच अन्तिम समयमा १६ सय तल आएर थामियो । वित्त बाहेक कारोबार भएका अरु सबै समूह ओरालो लागे ।
जीवन बीमा समूहमा सबैभन्दा उच्च ४ सय ७१ अंक अनि निर्जीबन बीमा समूहमा पनि ३ सय २२ अंकको कमी आयो । उत्पादनमूलक समूहमा १ सय ६९ अंक र लघुवित्त समूहमा पनि ९० अंकको गिरावट आयो । अरु पनि अधिकांश जसो समूह दोहोरो अंकले ऋणात्मक रहे ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय ८३ कम्पनीको १ करोड २५ लाख कित्ता शेयर ४ अर्ब ८४ करोड ७४ लाख बढीमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्