
काठमाडौं, फागुन १८ । नेपाल टेलिकमले प्रतिएमबी करिब ५ पैसामै चलाउन सकिने लार्ज डाटा प्याक ल्याएको छ ।
एकै पटक धेरै डाटा प्रयोग गर्नुपर्ने ग्राहक लक्षित गरी टेलिकमले लार्ज डाटा प्याक उपलब्ध गराइरहेको जनाएको छ ।
यो प्याक एक पटक सब्स्क्राइब गरे पछि लामो समय सम्म चलाउन पाइने र तुलनात्मक रुपमा निकै सस्तो पर्ने कम्पनीको दाबी छ ।
कम्पनीले यस अन्तर्गत ३० जीबी र ६० जीबीको प्याक उपलब्ध गराइरहेको छ । ३० जीबीको प्याक आवश्यकता अनुसार ९० दिन सम्म चलाउन सकिने र यस प्याकको मूल्य १ हजार ६ सय रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।
यसैगरी ३ हजार रुपैयाँमा १ सय ८० दिन सम्म प्रयोग गर्न सकिने ६० जीबी प्याक उपलब्ध गराइएको टेलिकमले जनाएको छ ।
यसरी प्याक प्रयोग गरी डाटा चलाउदा प्रतिएमबी करिव ५ पैसा मात्र खर्च लाग्ने र यी रकम करसहितको रहेको पनि टेलिकमले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्