
काठमाडौं, फागुन १८ । कोरोना भाइरसको संभावित प्रकोपलाई दृष्टिगत गर्दै सुरक्षात्मक उपायहरु अपनाउन सबै सरोकारवालालाई नेपाल चेम्बर अफ कमर्सले आग्रह गरेको छ ।
कोरोना भाइरस कोसम्भावित प्रकोपको यस विषम परिस्थतिमा मास्क एवम अति आवश्यक वस्तुहरुलाई सहज एवम सुलभ तरिकाले विक्रि वितरण गर्न पनि चेम्बरले सम्बन्धित सबै सरोकारवालाहरुलाई आग्रह गरेको छ ।
चेम्बरले प्रकोपबाट बच्न अति आवश्यक पर्ने मास्क लगायतका सामग्रीहरुको आयातमा भन्सार तथा मुल्य अभिवृद्धि कर छुटको लागि समेत नेपाल सरकार समक्ष आग्रह गरेको छ ।
चेम्बरले त्रिभुवन विमान स्थल तथा अन्य विभिन्न नाकाको आगमन कक्षमा प्रत्येक यात्रु को सघन स्वास्थ परिक्षण गनुपर्नेमा नेपाल सरकार समक्ष अनुरोध गरेको छ ।
चेम्बर कोरोना भाइरसबाट हुने जोखिमलाई न्यूनीकरण गर्न निजी क्षेत्रको तर्फबाट सहजीकरणका लागि चेम्बरका उपाध्यक्ष दिपक कुमार मलहोत्राको संयोजकत्वमा कोरोना भाइरस प्रकोप नियन्त्रण सहजीकरण समिति गठन गरेको जनाएको छ ।
पछिल्लो समस्यालाई दृष्टिगत गर्दै चेम्बरले आयोजना गर्दै आएको चेम्बर एक्स्पो पनि हाललाई स्थगित गरिएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्