
कैलाली, फागुन १८ । सहिद स्मारक ए डिभिजन लिग क्लब थ्री स्टार कैलालीमा जारी खप्तड गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
धनगढी रंगशालामा आइतबार भएको दोस्रो सेमिफाइनलमा हिमालयन शेर्पा क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै थ्री स्टार उपाधि नजिक पुगेको हो ।
थ्री स्टारको जितमा आशिष राईको गोल निर्णायक बन्यो । उनले खेलको २४ औं मिनेटमा निर्णायक गोल गरेका थिए । अब थ्री स्टारले उपाधिका लागि मंगलबार आयोजक सुदूरपश्चिम ११ को सामना गर्नेछ ।
शनिबार भएको खेलमा विभागीय टिम एपीएफलाई २–१ गोल अन्तरले पराजित गर्दै आयोजक पहिलो पटक उपाधि नजिक पुगिसकेको छ ।
प्रतियोगिताको विजेताले २१ लाख १ रुपैयाँ पाउनेछ भने उपविजेताले १० लाख १ रुपैँया पाउने आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्