
काठमाडौं, फागुन १८ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विज्ञान र प्रविधिको खोज अनुसन्धान गर्ने गरी मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गर्न लागिएको बताएका छन् ।
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा आइतबार संसदको शिक्षा तथा स्वास्थ्य समितिमा भएको छलफलमा उनले विज्ञान र प्रविधिको क्षेत्रमा विशिष्टिकृत अवधारणसहित उक्त विश्वविद्यालय बनाउन लागेको बताए ।
सांसद गगन थापाले अन्य विश्वविद्यालय भन्दा यो विश्वविद्यालयलाई किन फरक ऐनवाट चलाउन खोजिएको हो भन्दै छाता ऐन आए पछि विश्वविद्यालयको ऐन हट्छ कि भन्दैन भन्दै प्रश्न गरे ।
यस्तै सांसद रामकुमारी झाँक्रीले विश्वविद्यालयलाई स्वायत्त बनाउने भन्ने तर सरकार र सांसदप्रति उत्तरदायी पनि हुनु पर्ने भन्नेको के हो ? भने ।
सार्वजनिक विश्वविद्यालयको अवधारणसहित आएको मदन भण्डारी विश्वविद्यालय अध्यक्षत्मात्क प्रणालीमा स्थापना गर्न लागिएको हो ।
विश्वविद्यालयले विश्वविद्यालय अनुदान आयोग मार्फत वार्षिक प्रतिवेदन मन्त्रालयमा वुझाउने व्यवस्था विधेयकमा गरिएको छ ।
गैरनेपाली नागरिकले पनि पदाधिकारी,प्राध्यापक,अनुसन्धानकर्ता र कर्मचारी समेत हुन पाउने र विश्वविद्यालयले सम्बन्धन भने दिन नपाउने व्यवस्था गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्