Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


ललितपुर महिला च्याम्पियनसिप : लगातार दोस्रो जितसहित एपीएफ फाइनलमा


52
Shares

काठमाडौं । नेपाल एपीएफ क्लब काठमाडौंमा जारी दोस्रो संस्करणको ललितपुर मेयर महिला च्याम्पियनसिप टी-२० प्रतियोगितामा लगातार तेस्रो जितका साथ फाइनलमा पुगेको छ ।

एपीएफले तेस्रो खेलमा ललितपुर मेयर-११ लाई ७ विकेटले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । जितको लागि ८१ रनको सामान्य विजयी लक्ष्य एपीएफले १३ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको ललितपुरले २० ओभरमा ५ विकेट गुमाउँदै ८० रन बनाएको थियो ।

खेलमा एपीएफकी ज्याेति पाण्डे प्लेयर अफ दी म्याच बनिन् ।

एपीएफले अन्तिम खेलमा लुम्बिनी प्रदेशसँग आइतबार प्रतिस्पर्धा गर्नेछ । एपीएफले पहिलो खेलमा प्रदेश १ र दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशलाई समान ६ विकेटले हराएको थियो ।

लगातार तेस्रो हारसँगै ललितपुर भने सेमिफाइनल दौडबाट बाहिरिएको छ । ललितपुर पहिलो खेलमा सुदूरपश्चिमसँग ५८ रन र दोस्रो खेलमा लुम्बिनीसँग २ रनले पराजित भएको थियो ।

ललितपुरले आफ्नो अन्तिम खेल आइबार प्रदेश १ सँग खेल्नेछ । ललितपुर महानगरपालिका आर्थिक सहयोगमा यो प्रतियोगिता क्यानले गरेको आयोजना गरेको हो ।