
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्ना माग पूरा नभएसम्म संसदीय प्रक्रियामा सहभागी नहुने अडान कायमै रहेको दोहोर्याउनुभएको छ ।
शुक्रबार निर्वाचन अयोगमा दल दर्ताका लागि पुग्नुभएका महासचिव पोखरेलले सभामुख अग्निप्रसाद सापकोटाले गल्ती सच्याउनु पर्ने वा राजीनामा दिएर मार्ग प्रशस्त नगरेसम्म संसदीय प्रक्रियामा सहभागी नहुने बताउनुभएको हो ।
सभामुखले पदीय जिम्मेवारी निर्वाहमा दोहोरो भूमिकामा निभाएको भन्दै उहाँले यथास्थितिमा एमाले संसदीय प्रक्रियामा सहभागि नहुने स्पष्ट पार्नुभएको हो । सत्ता गठबन्धन वा सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले आफूहरुका माग सम्बोधन गर्ने भएपछि मात्र एमालेले एमसीसीलगायतका विवादित मुद्धामा स्पष्ट धारणा सार्वजनिक गर्ने महासचिव पोखरेलले बताउनुभयो ।
एमालेले कारबाही गरिएका १४ सांसदलाई पदमुक्त नगरेको भन्दै गत भदौ २३ यता निरन्तर संसद अवरुद्ध गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्