सहिद स्मारक ‘ए’ डिभिजन लिग : जावलाखेल र संकटाले बराबरी खेले « Imagekhabar – Online News Portal of Nepal
२० आश्विन २०७९, बिहीबार | Fri Oct 7 2022


सहिद स्मारक ‘ए’ डिभिजन लिग : जावलाखेल र संकटाले बराबरी खेले


१३ फाल्गुन २०७८, शुक्रबार १४:५९

65
Shares

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आफ्नो अन्तिम खेलमा जावलाखेल युथ क्लब र संकटा क्बलले बराबरी खेलेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा भएको खेलमा जावलाखेल र संकटाले एक–एक खेलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

खेलको १४औं मिनेटमा जावलाखेलका जुनियरको क्रसमा सुनिल खड्काले उत्कृष्ट गोल गरेर टोलीलाई अग्रता दिलाए ।

तर, खेलको दोस्रो हाफको ६१औं मिनेटमा सुवास गुरुङको कर्नरमा उत्तम राईले गोल गर्दै टोलीलाई खेलमा फर्काए ।

बराबरीसँगै संकटा १३ खेलमा १६ अकंसहित तालिकाको सातौं स्थानमा छ भने समान १३ खेल खेलेकाे जावलाखेल १४ अंकसहित दशाैं स्थानमा कायम रहँदै लिगकाे अन्त्य गरेकाे छ ।