Logo १ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 14 2026


‘चक्डा एक्सप्रेस’ को लागि ‘झुलनदेवी’ बन्न अनुष्का शर्मा मैदानमा


182
Shares

काठमाडौं । भारतीय अभिनेत्री अनुष्का शर्मा केही वर्षको अन्तराल पछि फेरी ठूलो पर्दामा फर्किएकी छिन् ।

अनुष्काले अब आउने फिल्म ‘चक्डा एक्सप्रेस’मा क्रिकेटर ‘झुलन गोस्वामी’ को भूमिका निभाउने भएकी छिन् । जसका लागि अनुष्काले अभ्यास सुरु गरिसकेकि छिन् । अनुष्काको ट्रेनिङ मैदानमा केहि तस्वीरहरु सार्वजनिक भएका छन् । तस्वीरलाई हेरेर अनुष्काले यस फिल्मका लागि निकै मेहनत गरिरहेको अनुमान गर्न सकिन्छ । क्रिकेटरको जीवनलाई पर्दामा देखाउनु कुनै सानो कुरा होइन । फिल्मको कथावस्तु देखि फिल्मका कलाकार सबैले धेरै मेहनत गर्नुपर्छ ।

झुलन गोस्वामी भारतीय महिला क्रिकेटर हुन् । उनलाई भारतीय महिला क्रिकेटरहरु मध्ये सबैभन्दा महान क्रिकेटर मानिन्छ । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै विकेट लिने कीर्तिमान उनको नाममा छ । झुलनले सन् २००२ मा फास्ट बलरको रुपमा अन्तर्राष्ट्रिय डेब्यू गरेकी थिइन् ।

पछिल्लो २० वर्षमा झुलनले २ सय ७४ वटा गेम खेलेकी छिन् । क्रिकेटर झुलनको कहानी अब चक्डा एक्सप्रेसबाट देखाइने छ । फिल्ममा झुलनको जीवनका दुःखका साथै विविध पक्ष देखाइने छ । यस फिल्मलाई सुशान्त दासले निर्देशन गरेका छन् ।
केहि समय पहिला अनुष्काले यो फिल्मलाई लिएर आफ्नो राय राखेकी थिइन् ।

अनुष्का सोसल मिडया मार्फत भन्छिन् –‘एउटा समय थियो जब झुलनले क्रिकेटर बन्ने निर्णय गरिन् र देशको नाम राखिन्,जबकी एक महिलाको लागि खेल मैदानमा जान पनि कठिन थियो । यो फिल्मले झुलनको जीवनलाई आकार दिने केहि घटनाहरु समेट्नुका साथै महिला क्रिकेटरका घटनालाई पनि समेटेको छ’ ।

एजेन्सीको सहयोगमा