Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


नेपाली क्रिकेट टोली आज स्वदेश फर्कदै


91
Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम आज शुक्रबार स्वदेश फर्कदै छ ।

ओमानमा आयोजना भएको आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट ए मा सहभागिता जनाएको नेपाली टोली आज शुक्रबार स्वदेश फर्कन लागेको हो ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाली टोली साँझ साढे ५ बजे स्वदेश आईपुग्ने छ ।

छनोटमा नेपालले तेस्रो स्थान हासिल गरेको थियो ।

बिहीबार तेस्रो स्थानको लागि भएको प्ले अफमा ओमानलाई ९ विकेटले हराउँदै नेपालले तेस्रो स्थान हासिल गरेको हो ।

सेमिफाइनलमा नेपाल युएईसँग पराजित भएको थियो । छनोटको उपाधि भने युएईले जितेको छ ।