२६ माघ २०८१, शनिबार | Sun Feb 9 2025


‘स्वदेशी उत्पादनलाई बढावा नदिएसम्म समृद्धिको लक्ष्य हासिल गर्न सकिँदैन’


0
Shares

काठमाडौं, फागुन १७ । काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्कीले स्वदेशी उत्पादनलाई बढावा नदिएसम्म सरकारले समृद्धिको लक्ष्य हासिल गर्न नसक्ने बताएकी छन् ।

नेपाल जुत्ता–चम्पल व्यवसायी संघको छैटौं वार्षिकोत्सवमा बोल्दै उपमेयर खडकीले रोजगारको अवसर नहुँदा मुलुक युवाविहीन भएको बताउँदै स्वदेशमै उद्योग खोलेर रोजगारको अवसर सिर्जना गर्नेतर्फ सरकार अग्रसर हुनुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा सहभागी जुत्ता–चप्पल व्यवसायी संघका पदाधिकारीहरुले स्वदेशमै जुत्ता–चप्पल उत्पादन गर्ने व्यवसायीहरुलाई सरकारले प्रोत्साहन गर्न नसकेको र आयातित वस्तुको मात्र भरपर्दा स्वदेशी व्यवसायीहरु धरासायी बन्दै गइरहेको गुनासो गरे ।