२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025


परिमार्जन नभइ ‘एमसीसी’ पारित हुन्न : दाहाल


0
Shares

चौतारा, फागुन १७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले कार्यदलको सुझावअनुसार परिमार्जन गरेरमात्र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित हुने बताएका छन् ।

प्रेस संगठन नेपालले शनिबार सिन्धुपाल्चोकको सुनकोसीस्थित सुकुटेमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेपाल र अमेरिकाबीच सुमधुर सम्बन्ध रहेको चर्चा गर्दै परिमार्जन नगरी रु ५५ अर्बका लागि राष्ट्रहितविपरीत सम्झौता नगरिने बताए ।

अमेरिकी सरकारसँग सहयोग लिन चाहेको उल्लेख गर्दै अध्यक्ष दाहालले सुझावसहित अमेरिकी सरकारलाई आग्रह गर्ने उल्लेख गरे ।

आग्रहलाई मञ्जुर नगरे राष्ट्रहितविपरीत सम्झौता नगर्ने उनको भनाइ थियो ।

उनले अहिले संविधान संशोधन नहुने बताउँदै पार्टीको निर्णयअनुसार उपाध्यक्ष वामदेव गौतम नै राष्ट्रियसभा सदस्यमा मनोनीत हुने दोहोर्‍याए ।

अध्यक्ष दाहाल शनिबारदेखि सुरु हुने नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी आयोजित चौतारा साँगाचोकगढी नगरपालिकाको सुनकोसीस्थित सुकुटे महोत्सवको उद्घाटन गर्न शुक्रबार यहाँ आइपुगेका हुन् । रासस