हतियारसहित तीन पक्राउ « Imagekhabar – Online News Portal of Nepal
२३ असार २०७९, बिहीबार | Thu Jul 7 2022


हतियारसहित तीन पक्राउ


169
Shares

कैलाली । कैलालीमा सशस्त्र प्रहरीले हतियारसहित तीन जनालाई पक्राउ गरेको छ ।

कैलारी गाउँपालिका–५ छोटकी पलियाबाट सशस्त्र प्रहरीले तीन जनालाई हतियारसहित पक्राउ गरेको हो ।

सशस्त्र प्रहरीको गस्ती टोलीले आज बिहान एक थान बन्दुक र पाँच गोलीसहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक बेदप्रकाश जोशीले बताउनु भयो ।

पक्राउ परेका कैलारी गाउँपालिका–३ का ५३ वर्षीय लौटन चौधरी, ३५ वर्षीय वीरेन्द्र चौधरी र २१ वर्षीय सन्तराम चौधरीलाई सशस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालय नं. ३४ गणमा राखिएको छ ।

सशस्त्र प्रहरीले जिल्ला प्रहरी कार्यालय कैलालीको जिम्मा लगाउने तयारी गरेको छ ।