
काठमाडौं । प्रतिपक्षी दल नेपाली कांग्रेस भित्र नेतृत्वका लागि देश दौडाह सुरु भएपनि महाधिवेशनको प्रारम्भिक कार्यतालिका अनुसार काम हुन सकेको छैन ।
समायोजनको काम माघ मसान्त भित्रै सक्ने घोषणा गरेपनि अझै दर्जनौं जिल्लामा सक्न बांकी छ भने क्रियाशील सदस्यता वितरण पनि सुरु नै भएको छैन ।
कांग्रेसका नेताहरुको देश दौडाह हेर्दा लाग्छ, उनीहरुलाई पार्टीको महाधिवेशनले छोपिसकेको छ । तर महाधिवेशन आउन अझै एक वर्ष बाँकी छ ।
नेताहरुलाई महाधिवेशन लागिसकेपनि पार्टी महाधिवेशन कार्यतालिका भने कार्यान्वयनमा आउन नसकेको हो । जसले गर्दा प्रारम्भमा नै महाधिवेशनको मुल कार्यतालिकाप्रति नै आशंका उब्जन थालेको छ ।
नयाँ संविधानको प्रावधान अनुसार बनेको विधान मुताबिकको प्रारम्भिक काम नै कांग्रेसले गर्न सकेको छैन ।
केन्द्रीय समितिले माघ मसान्तसम्म समायोजनको काम सक्न गरेको परिपत्र अझै कार्यान्वयन भएको छैन ।
समायोजनको काम सम्पन्न नहुँदा फागुन १६ गते थाल्ने भनिएको क्रियाशील वितरण अझै सुरु भएको छैन । हालसम्म लगभग ४० जिल्लाको मात्र समायोजनको काम सकिएको छ ।
प्रारम्भिक चरणको कार्यतालिका कार्यान्वयनमा समस्या आएको बताउँदै केन्द्रीय कार्यलयले जिल्ला कार्यसमितिहरुलाई कार्यतालिका अनुसार नै काम गरीदिन अनुरोध गरेको छ ।
तल्ला स्तरका कार्यतालिका कार्यन्वयन नहुँदा समग्र महाधिवेशनलाई असर गर्ने भन्दै चैत्र मसान्तसम्म सबै क्रियाशील सदस्यको नामावली केन्द्रीय कार्यलय आईपुर्नेछ ।
स्वभाविक कार्यकाल नसकिंदै अर्को एक वर्ष कार्यकाल थपेको कांग्रेसले यो महाधिवेशन कार्यक्रमलाई पनि जनता लक्षित बनाउँदै जागरण चलाउने तय गरेको थियो ।
तर प्रारम्भिक चरणमै समयवद्ध काम गर्न नसकेको उसले समयलाई ध्यान नदिने हो भने कसरी जनतालाई जागृत गराउला ?
प्रतिक्रिया दिनुहोस्