४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025


एसीसी इस्टर्न रिजन पुरुष टी–२० कप क्रिकेट: नेपाल र मलेसिया भिड्दै


0
Shares

काठमाडौं । एसीसी इस्टर्न रिजन पुरुष टी–ट्वान्टी कप क्रिकेटको पहिलो खेलमा नेपालले आज(शनिबार) मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।

थाइल्याण्डको बैंककमा खेल नेपाली समय अनुसार अपरान्ह १२ः१५ बजे सुरु हुने खेलमा मलेसियालाई हराउने उत्कृष्ट सुरुवात गर्न चाहन्छ ।

हालै हङकङविरुद्धको पाँच खेलको टी–ट्वान्टी सिरिजमा मलेसियाले क्लिन स्विप गरेको थियो ।

प्रतियोगितामा नेपाल र मलेसियासहित थाइल्याण्ड, सिंगापुर र हङकङले प्रतिस्पर्धा गर्ने छन् ।

राउण्ड रोबिन आधारमा चल्ने प्रतियोगिताको शीर्ष दुई टोलीले एसिया कप छनोटमा स्थान बनाउने छन् ।

हालसम्म टी–ट्वान्टीमा नेपाल र मलेसियाबीच ७ पटक प्रतिस्पर्धा भएको छ । नेपालले ६ खेलमा जित हात पारेको छ भने मलेसियाले १ खेल जितेको छ ।

सन् २००७ को कुवेतमा भएको एसीसी टी–ट्वान्टी कपमा नेपालले मलेसियासँग पहिलो पटक खेलेको थियो । नेपाल प्रतियोगितामा एकदिवसीय मान्यता पाएको एक्लो राष्ट्र हो ।