३० माघ २०८१, बुधबार | Wed Feb 12 2025


टुँडिखेलमा काँठे लोकदोहोरी महोत्सव शुरु


0
Shares

काठमाडौं, फागुन १६ । काठमाडौंमा शुक्रबारदेखि राष्ट्रिय काँठे लोकदोहोरी महोत्सव सुरु भएको छ ।

काठमाडौंको टुँडिखेलमा आयोजित महोत्सवको वरिष्ठ लोक गायक कुमार बस्नेतले उद्घाटन गरे  ।

काँठेगीत लोक साहित्यको महत्वपूर्ण पाटो रहेको भन्दै उनले यसको संरक्षण र प्रबद्र्धनमा सबै जना लाग्नुपर्ने बताए । कार्यक्रममा बस्नेतले काँठे लोकगीत पनि गाएका थिए ।

देशका २१ जिल्लाबाट तीन दर्जन झाँकीसहित कलाकारहरु टुंडिखेल पुगेका थिए । यही फागुन २० गतेसम्म चल्ने महोत्सवमा ७४ टोलीका लोक कलाकारबीच प्रतिस्पर्धा हुने छ ।

काँठे लोक दोहोरी महोत्सवमा पहिलो हुने टोलीले तीन लाख, दोश्रो हुनेले दुई लाख, तेश्रो हुनेले एक लाख र चौथो हुने टोलीले पचाँस हजार रुपैयाँ प्राप्त गर्नेछन् ।