
काठमाडौं । बेलायतमा भ्यालेनटाइन डे मनाउन जाँदा रेष्टुरेन्टमा बिल नतिरेर भागेका एक जोडीलाई रेष्टुरेन्ट मालिकले फेसबुक मार्फत आफ्नो पैसा उठाएका छन् ।
त्यो जोडी बेलायतको उत्तरी योर्कशायर स्थित ‘द मिल’ नामको पबमा रोमान्टिक डेटका लागि गएका थिए । खाना खाएपछि उनीहरुले पबमा पैसा नदिइ भागेका थिए । त्यसपछि पब मालिकले फेसबुक मार्फत उनीहरुले तिर्नुपर्ने बिल सार्वजनिक गरिदिए । बिल २८ हजार भन्दा माथि उठेको थियो । उनले आफ्नो पबमा त्यो जोडीले कुन –कुन खानेकुरा खाए ती सबै फेसबुकमा पोष्ट गरेर १६ फेब्रुअरी सम्म पैसा तिर्नु पर्ने उल्लेख गरे । पब मालिकले त्यसको जानकारी प्रहरीलाई समेत दिए ।
योसँगै सामाजिक सञ्जाल प्रयोगकर्ताले पब मालिकसँग त्यो जोडीको सीसीटिभी दृश्य सार्वजनिक गर्न माग गरेका थिए । तर उनले सीसीटिभीको दृश्य भए नभएको जवाफ दिएनन् ।

बेलायती पत्रिका ‘डेली मेल’का अनुसार पब मालिकले १६ फेबु्रअरी बेलुका ४ बजेसम्म बिल तिर्ने समय दिएका थिए । तर सोही दिन बिहानै एक महिलाले बिल तिरेको पबका कर्मचारीले जानकारी दिए । ती महिला पबमासंगै आएका पुरुषको प्रेमिका रहेको अनुमान गरिएको छ ।
पबका एक कर्मचारीले ती पुरुष पनि सम्पर्कमा आएका तर उनले अहिले पैसा नभएको र पैसा भएपछि मात्र बिल तिर्ने बताएका थिए । तत्कालका लागि २८ हजारको बिल भने ती महिलाले नै तिर्नु परेको थियो । पब मालिकले उपाय लगाएर आफ्नो पैसा उठाएका छन् ।
एजेन्सी
प्रतिक्रिया दिनुहोस्