२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025


४१ अर्बको लेखाजोखा छैन : सरकारी अधिकारी नै बेखबर


0
Shares

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थ आयात गर्दा पूर्वाधार करवापद संकलित १ अर्ब रुपैंयाँको खर्चबारे सम्बन्धित निकाय नै बेखबर छ ।

सरकारले बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि पेट्रोल र डिजेलमा पाँच रुपैंयाँ पूर्वाधार विकास कर लिन थालेको थियो ।

तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले आर्थिक बर्ष २०७३/७४ को बजेटमा पूर्वाधार विकास कर दिने व्यवस्था मिलाएको थियो ।

पछि, सो शीर्षक परिवर्तन गरेर आर्थिक बर्ष २०७४/७५ बाट पूर्वाधार विकास कर लिन थालिसकेको थियो ।

अहिलेसम्म ४१ अर्ब रुपैंयाँ बढी रकम जम्मा भइसकेको छ । तर सो रकमको कुनै लेखाजोखा हुन नसकेको सरकारी अधिकारीहरुले नै बताएका छन् । -राजधानी दैनिकबाट